२४ पुष २०७२, शुक्रबार

काठमाडौं उपत्यका सहित पहाडी क्षेत्रमा आज फाट्टफुट्ट पानी पर्ने मौसमविद्को अनुमान छ । पश्चिमी वायुको प्रभावका कारण आज मध्य र पश्चिमी पहाडी क्षेत्रका एकदुई ठाँउमा फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । मौसमविद् श्रेष्ठका अनुसार यो वायु उत्तरपूर्व गैरहेकाले तुलनात्मक रुपमा पश्चिममा धेरै असर गर्नेछ । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार आज दिपायल र पोखरा आसपासको क्षेत्रमा फाट्टफुट्ट पानी पर्ने संभावना छ । यस्तै आज पश्चिमी उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको संभावना रहेको महाशाखाले जनाएको छ । अहिलेको अवस्था हेर्दा भोलि पूर्वमा पानी पर्ने मौसमविद्को अनुमान छ ।
यसैबीच पोहोरको तुलनामा यसपाली एक दुई दिन तापक्रम घटेपनि धेरै चिसो भने नभएको मौसमविद्ले बताएका छन् । मौसमविद् वरुण पौडेलका अनुसार पोहोर यो बेलासम्म दुईपल्ट पानी परेको थियो । तर यसपाली पानी पर्न नसक्दा धेरै चिसो नभएको हो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV