२४ पुष २०७२, शुक्रबार

आइभरी कोष्टका मिडफिल्डर याया टुरेको प्रभुत्व तोड्दै गावोनका पियरे एमरिक उवामेयङ यस बर्षको उत्कृष्ट अफ्रिकन फुटवलर बन्न सफल भएका छन । पियरे उत्कृष्ट अफ्रिकन खेलाडीको उपाधि पाउने गावोनका पहिलो खेलाडी हुन । अफ्रिकन फुटवल महासंघमा अवद्ध मुलुकका राष्ट्रिय टोलीका क्पतान तथा अफिसियलहरुको मतदानका आधारमा याया टुरेलाई झिनो अन्तरमा पराजित गर्दै पियरे अफ्रिकन बर्ष खेलाडी २०१५ बाट सम्मानित भएका हुन । पियरेले १ सय ४३ मत पाएका थिए भने टुरेको पक्षमा १ सय ३६ मत परेको थियो । यता अर्का प्रतिद्धन्दी घानाका आन्द्रे एयुले १ सय १२ मत पाएका थिए । जर्मन टोली बोरुशिया डर्टमुण्टबाट क्लव फुटवल खेलिरहेका २६ बर्षिय स्ट्राइकर पियरेले गत सिजन बुण्डेसलिगामा सर्बाधिक १८ गोल गरेका थिए । त्यसैको आधारमा उनलाई उत्कृष्ट खेलाडी बनाइएको हो । यद्यपी आइभरीकोष्टलाई २० बर्षपछि अफ्रिकन कप अफ नेशन्सको उपाधि दिलाउन महत्वपूर्ण भुमिका खेलेका याया टुरेले यसपटक भने उपाधिबाट बिमुख हुनुपरेको छ । पियरे उत्कृष्ट ठहरिएपछि टुरेले आफु निक्कै निराश भएको प्रतिक्रिया दिए । यद्यपी उनले प्रतिष्पर्धी पियरेलाई बधाई दिए । गत बर्ष आइभरी कोष्टलाई अफ्रिका कपको उपाधि दिलाएका प्रशिक्षक हार्वे रेनार्ड उत्कृष्ट प्रशिक्षक बन्न सफल भए । क्यामरुनकी गेले इनगानामोईट उत्कृष्ट महिला खेलाडी घोषित भइन । उनको प्रेरणादायी प्रदर्शनले क्यामरुन महिला बिश्वकपको दोस्रो चरणमा पुगेको थियो ।

 

LIVE TV