
नेपाल भ्रमणमा आएको कोरियाली विद्यार्थीसहितको उच्च स्तरीय प्रतिनिधिको टोलीले काठमाडौंको टोखामा भूकम्प पीडितहरुलाई विभिन्न सहयोगहरु प्रदान गरेका छन् । छोटो नेपाल वसाईको योजना बनाएर आएको कोरियाली विद्यार्थीहरुको टोलीले टोखामा नेवारी संस्कृति, रहनसहन र सांस्कृतिक पक्षको पनि अध्ययन गरेका छन् ।
भूकम्प पश्चात विभिन्न सहयोगहरु पु¥याउदै आएको कोरियाली समूहले एक विशेष कार्यक्रम गरी भूकम्प पीडितहरुलाई कम्वल, लत्ता कपडा लगायतका विभिन्न सहयोगहरु गरेको छ । यस्तै उक्त समूहले भूकम्प पीडितहरुको आर्थिक हैसियतमा सुधार होस भन्ने भावनाका साथ उन्नत जातका बाख्रा पनि वितरण गरेको छ । कार्यक्रममा धारणा राख्दै कोरियाली प्रतिनिधिहरुले आफुहरुको सानो सहयोगले भूकम्प पीडितका समस्या कम हुँदै जाने विश्वास व्यक्त गरेका छन् ।
विगत ५ बर्षदेखि कोरियाका बिभिन्न विश्वविद्यालय तथा विशिष्ट व्यक्तिहरुको समूहले टोखामा आर्थिक, सामाजिक तथा सांस्कृतिक सहयोग आदनप्रदान गर्दै आएको छ । नेपाली स्वयंसेवकहरुलाई प्रशिक्षण दिई आवश्यक अन्य सहयोग पनि उसले प्रदान गर्दै आएको छ ।