२४ पुष २०७२, शुक्रबार

जनकपुरका व्यापारी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले लाठी जुलुस प्रर्दशन गर्दै बजार बन्द गराएका छन् । जनकपुरको पिडारी चोकबाट निस्केको स्थानीय व्यापारी र मधेसी मोर्चाको संयुक्त लाठी जुलुसले जनकपुर बजार बन्द गराउंदै स्कुल र कलेज समेत बन्द गराएका हुन् ।

madheshi

बिहीबार दिउंसो जनक चोकमा सद्भावनाका जिल्ला अध्यक्ष संजय सिंह र तराई मधेस सद्भावना पार्टीका जिल्ला अध्यक्ष रुपनारायण मण्डलको मोटरसाईकल जलाईएपछि आक्रोशित बनेका मोर्चा तथा स्थानीय व्यापारीहरुले बाँसको भाटा सहित प्रर्दशन गरेका हुन् । नेपाली कांग्रेस र एमालेका कार्यकर्ताले व्यापारीको नाममा आन्दोलनकारीको मोटरसाईकलमा आगजनी गरेको भन्दै मोर्चाले पुनः आन्दोलन थालेको हो ।

मोर्चाले आज विहानै देखि बाँसको भाटा सहित प्रर्दशन गरिरहेका छन् । प्रर्दशनका कारण कलकारखाना,उद्योग,वित्तीय संस्था,शिक्षण संस्था तथा यातायात पूर्ण रुपमा ठप्प रहेको छ ।

LIVE TV