२४ पुष २०७२, शुक्रबार

daaura

तुलसीपुर (दाङ) । नाकाबन्दीका कारण इन्धन अभाव भइरहेको बेलामा दाङ उद्योग वाणिज्य सङ्घले सञ्चालन गरेको दाउरा वितरण अभियान सकेको छ ।

एक महिनाअगाडि सुरु गरिएको सो अभियानबाट ८८१ परिवारलाई दाउरा उपलब्ध गराएको सङ्घका उपाध्यक्ष नारायण भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्घले घोराहीको बिपीचोकमा डिपो सञ्चालन गरेर प्रतिपरिवार ५० केजी दाउरा वितरण गरिएको थियो । अहिले देशको परिस्थिति सहज बन्दै गएपछि अभियान बन्द गरेको सङ्घले जनाएको छ । रासस

 

LIVE TV