२४ पुष २०७२, शुक्रबार

दाङ । कृषिमन्त्री हरिबोल गजुरेलले कृषि क्षेत्रलाई मर्यादित बनाउन कृषकहरुका लागि पेन्सनको व्यवस्था गरिने बताउनुभएको छ । क्रान्तिकारी पत्रकार संघ दाङले शुक्रबार दाङको घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गजुरेलले २० वर्ष लगातार कृषि पेसामा बिताएका कृषकहरुका लागि पेन्सनको व्यवस्था गर्ने निर्देशीका निर्माण गर्न लागेको बताउनुभएको हो ।

farmer

कृषि क्षेत्रको विकास विना मुलुकको सम्बृद्धि सम्भव नभएको भन्दै मन्त्री गजुरेलले हरेक जिल्लाका खेतीयोग्य जमिनको निक्र्यौल गरी कृषि पकट क्षेत्र घोषणा गर्ने तयारी मन्त्रालय लागेको बताउनुभयो । सहकारी, सरकारी र निजी क्षेत्रको संयोजनमा कृषि पकडको क्षेत्रलाई प्रभावकारी बनाइने मन्त्री गजुरेलले दाबी गर्नुभयो । नेपालमा बेरोजगारीको समस्या बढ्दै गएकाले रोजगारी सिर्जना गर्न र विदेशीदो युवा शक्तिलाई स्वदेशमै रोकिराख्न कृषिमा व्यवसायिकताको खोजी गर्नुपर्ने मन्त्री गजुरेलको भनाइ थियो ।
मुलुकमा चुलिदो समस्यालाई हल गर्र्नका लागि कृषिमा आधुनिकीकरण गर्नुपर्ने आवस्यकता औंल्याउँदै मन्त्री गजुरेलले साना किसानलाई व्यवसायिकता तर्फ जोड्ने योजना मन्त्रालयको रहेकोसमेत बताउनुभयो । प्रत्येक निर्वाचन क्षेत्रमा कृषि प्राविधिक शिक्षालय स्थापना गरिने भन्दै मन्त्री गजुरेलले गाउँगाउँमा कृषि प्राविधिक नियुक्ति गर्ने समेत बताउनुभयो । ‘नेपाललाई विकशीत तुल्याउने भनेको कृषि क्षेत्रबाट नै हो । परम्परागत तरीकाले कृषिको उन्नति सम्भव छैन’, मन्त्री गजुरेलले भन्नुभयो, ‘कृषिलाई व्यवस्थितत गर्न प्रत्यक निर्वाचन क्षेत्रमा एउटा–एउटा कृषि प्राविधिक शिक्षालय स्थापना र गाउँगाउँमा कृषि प्राविधिक नियुक्त गर्दैछौं ।’
कृषि क्षेत्र संक्रमणकालबाट गुज्रिरहेको भन्दै अबको मन्त्री गजुरेलले अबको १५ वर्षपछि कृषितर्पm सबैको आकर्षण बढ्ने दाबी गर्नुभयो । कृषि क्षेत्रमा भित्रिएको आधुनिक प्रविधिसँग कृषकलाई जोड्नु नै वर्तमानको चुनौति रहेकाले त्यसतर्फ सबै क्षेत्र एकैसाथ लाग्नुपर्ने मन्त्री गजुरेलको भनाइ थियो ।
कृषिबाट राष्ट्रि«य पुँजीको विकास गर्ने लक्ष्य मन्त्रालयले लिएको भन्दै मन्त्री गजुरेलले सरकारको आगामी नीति तथा कार्यक्रममा कृषि क्षेत्रको लगानी बृद्धि गर्ने बताउनुभयो । बेलायतले भेडा पालेर राष्ट्रि«य पँुजीको निर्माण गरेको स्मरण गर्र्दै उहाँले नेपालको राष्ट्रि«य पुँजी बृद्धि गर्ने हो भने कृषिलाई व्यवसायिकरण गर्नुको बिकल्प नभएको बताउनुभयो ।
अर्को प्रसंंगमा बोल्दै मन्त्री गजुरेलले नेताहरुको अदूरदर्शी सोचका कारण वर्तमान समस्या उत्पन्न भएको दाबी गर्नुभयो । संसारकै उत्कृष्ट संविधान बनाउँदा पनि छिमेकी मुलुक भारतले नाकाबन्दी गर्नु दुर्भाग्य भएको भन्दै आफ्नो भन्दा राम्रो संविधान बनाएको रिसले भारतले नेपालमा नाकाबन्दी गरेको बताउनुभयो । मुलुकको वर्तमान समस्या हल गर्न सरकारले वार्ता, , कुटनीतिक पहल र बैकल्पिक मार्ग खोल्ने योजना सँगसँगै बढाएको मन्त्री गजुरेलको भनाइ थियो । गोरखापत्रमा खबर छ ।

 

LIVE TV