२४ पुष २०७२, शुक्रबार

स्वास्थ्यका लागि सूर्तिजन्य पदार्थको सेवनभन्दा पनि मोटोपन बढी खतरा भएको भन्दै यसको नियन्त्रणका लागि कडा कदम चाल्न यस क्षेत्रमा काम गर्ने संस्थाहरुले जनाएका छन् । खाद्य उद्योगहरुलाई पनि सूर्तिजन्य उद्योगसरह नियन्त्रण गर्न जरुरी भइसकेको निष्कर्ष जनस्वास्थ्यका क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्थाहरुले निकालेका हुन् ।

fatman

कन्ज्यूमर्स इन्टरनेसनल र वल्र्ड ओबेसिटी फेडरेसनले मोटोपन नियन्त्रण त्यस्ता खाद्य सामग्री उत्पादन गर्ने उद्योगहरुमा निगरानीबाट मात्र सम्भव रहेको जनाएका हुन् । ती दुई संस्थाका अनुसार मोटोपनबाट शरीरलाई हुने असरका बारेमा धूमपानले गर्दा हुने असर जस्तै चित्राअंकित तस्वीर र सूचना छाप्नुपर्ने सुझाव दिँदै ती संसारभरका सरकारले यसलाई बाध्यकारी बनाउनुपर्ने बताएका छन् ।

खाद्य पदार्थमा राख्ने नून, खुर्सानी र चिनीको मात्रामा कमी ल्याउन, अस्पताल, स्कूलका लागि बनाइने खानाको गुणस्तर सुधार्न तथा उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्ने विज्ञापनमा कडा नियन्त्रण गर्दै जनतालाई सु–सूचित गराउन ति संस्थाले माग गरेका छन् ।

खाद्य सामग्रीहरुको यो बोलवाला र हेलचेक्र्याईप्रति बेलैमा सचेत नहुने हो भने भविष्यमा गम्भीर परिणाम व्यहोर्नुपर्ने चेतावनी पनि दिइएको छ ।

बालबालिकाहरुका लागि बनाइने टेलिभिजन कार्यक्रमहरुमा यस्ता सामग्रीको विज्ञापनमा रोक लगाउन पनि तिनले भनेका छन् ।अनलाइन पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV