
फिल्म बागमती शुव्रबार देखी प्रदर्शनमा आएको छ ।सन्नी केरलाले निर्देशन गरेको बागमतीमा राजेश हमाल र शिब श्रेष्ठ मुख्य भुमीकामा रहेका छन ।
केकी अधिकारी र श्रेया कार्की पनि मुख्य भुमीकामा रहेका छन ।दिनेश दर्शनधारी र बिजय सत्याल प्रस्तुतकर्ता रहेको फिल्मको युनिटले फिल्मको रीलिजलाइ मध्य नजर गर्दै पत्रकार सम्मेलनको आयोजना गर्दै फिल्म सम्बन्धी जानकारी दिनुका साथै हलमा फिल्म हेर्न आउने दर्शकको लागि पनि उपहारको ब्यबस्था गरेका छन । ।चलचित्रको कुपन संगै पाउने लक्की ड्रको कुपन बाट भाग्यशालि बिजेताको छनौट गरीने र होलिडे प्याकेज ,मोबाइल फोन,सिव्रmी औठी लगायत सामाग्रि बितरण गरीने निमाण पक्षले बताएका छन ।बागमती एक ससपेन्स थ्रिलर फिल्म हो । ट्री इन्टरटेनमेन्टको ब्यानरमा फिल्मलाइ निर्माण गरीएको छ ।
पहीले खासै चर्चामा नरहे पनि अर्को फिल्म डोन्ड ब्रेक माइ हर्ट पनि पौस चौबिस देखीनै रीलिजमा आएको छ ।मायाको कथा बस्तु बोकेको डोण्ट ब्रेकमाइ हर्टलाइ दिनेश पौडेलले निर्देशन गरेका हुन ।अनिल बुडाथोकी र डम्बर श्रेष्ठले फिल्मलाइ निर्माण गरेका हुन ।फिल्ममा कुमार श्रेष्ठको द्धन्ध रहेको छ ।दिक्षा फिल्मसको ब्यानरमा फिल्मलाइ निर्माण गरीएको छ ।