२४ पुष २०७२, शुक्रबार

बलिउडका नायिका प्रियंका चोपडाले अमेरीकी टि.भि. शो क्वान्टिको का लागि लोकप्रिय पिपल्स च्वाईस अवार्ड पाएकी छिन् । बलिउडमा प्रसिद्धि कमाईसकेका प्रियंकाले हलिउडमा पनि महत्वपुर्ण उपलब्धि हात पारेकी छिन् । क्वान्टिको शो मा प्रियंकाले एफ.बि.आई. एजेन्टको भुमिका निर्वाह गरेकी छिन् । यो अवार्डले प्रियंकालाई मात्र नभएर सम्पुर्ण बलिउडका कलाकारहरुको छवि नै माथि उठाउने देखिएको छ ।

priyanka-1

प्रियंकाले खुशी हुदै ट्वीटरमा भनेकी छिन् “मैले आफैलाई निकै भाग्यामानि महसुस गरेकी छु, मलाई भोट दिएर प्यार दर्शाउनु भएकोमा तपाईहरु सबैलाई धन्यावाद” । यस अवार्ड दौडमा जेमी ली कर्टिस, एम्मा रोबर्टस, लीया मिसेल पनि थिए । पप गाएक टेलर स्विफ्ट र जस्टिन बीबरलाई पनि अवार्ड प्रदान गरीएको थियो । साथै यस समारोहमा सर्वश्रेष्ठ एक्सन फिल्मको पुरस्कार फ्युरीयस ७ ले पाएको छ ।

LIVE TV