२४ पुष २०७२, शुक्रबार

बंगलादेशमा हुन गइरहेको सरसफाइ सम्मेलनमा सचिवका लागि आएको निमन्त्रणमा मन्त्री प्रेमबहादुर सिंहले आफ्नो नाम राखेर मन्त्रिपरिषद् बैठकमा फाइल लगेका थिए । तर, प्रधानमन्त्री ओलीले ‘सचिव जाने कार्यक्रममा तपाईं मन्त्री किन जानुपर्‍यो’ भन्दै हपारेका थिए । बैठकले मन्त्री सिंहको नाम हटाएर सचिव सुरेशप्रकाश आचार्यलाई पठाउने निर्णय गरेको छ।

Capture

महानिरीक्षक अर्यालको बेलायत भ्रमण अस्वीकृत
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल डिएफआइडीको सहयोगमा बेलायत जाने कार्यक्रम तय भएको थियो । भ्रमणको प्रस्ताव गृह मन्त्रालयले मन्त्रिपरिषद्मा लगेको थियो । तर, उनी के र कुन उद्देश्यका लागि जान लागेका हुन् भन्ने औचित्य नखुलाइएपछि प्रस्ताव मन्त्रिपरिषद्ले अस्वीकृत गरेको हो ।
उपसचिव गए हुने कार्यक्रममा सचिवको इच्छा
जापानमा हुन गइरहेको लेबर माइग्रेसन नामक कार्यक्रममा उपसचिव वा सहसचिवस्तरको कर्मचारी पठाउन निमन्त्रणा आएको थियो । तर, श्रम तथा रोजगार मन्त्रालयका सचिव रामकुमार आचार्यले आफ्नै प्रस्ताव गरेर फाइल मन्त्रिपरिषद्समक्ष पठाएका थिए । तर, मन्त्रिपरिषद् बैठकले उनको प्रस्ताव अस्वीकृत गरेको छ । बैठकले कार्यक्रममा उपसचिव वा सहसचिवको अधिकारी पठाउन मन्त्रालयलाई निर्देशनसमेत दिएको छ ।
हचुवामा भ्रमण प्रस्ताव नल्याउन प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री ओलीले आगामी दिनमा मन्त्री, सचिव तथा सहसचिवलगायतका भिआइपीको विदेश भ्रमणको प्रस्ताव ल्याउनुअघि निकै सोचविचार गर्न निर्देशन दिएका छन् । ‘हचुवाको भरमा कुनै पनि विदेश भ्रमणको प्रस्ताव मन्त्रिपरिषद् बैठकमा नल्याउनुहोला, यसले सरकार र तपाईंहरू कसैलाई पनि हित गर्दैन,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने ।नयाँ पत्रिकाबाट

 

LIVE TV