२४ पुष २०७२, शुक्रबार

बलिउड अभिनेत्री विद्या बालन व्यस्त अभिनेत्रीमध्ये एक हुन् । तर, उनले फिल्ममा काम नगरेको पनि लामो समय भइसकेको छ । आफूलाई मन पर्ने फिल्मको ‘अफर’ नआएकाले नै फिल्म नखेलेको उनले समय–समयमा बताउँदै आएकी छिन् ।

bidhyabalan

करिअरबारे समय–समयमा अभिव्यक्ति दिए पनि उनले व्यक्तिगत जीवनबारे खासै धेरै कुरा भन्दिनन् । तर, कहिलेकाहीँचाहिँ उनी लामो समयलाई पुग्ने गरी प्रतिक्रिया दिन्छिन् । भारतीय मिडियालाई केही अघि त्यस्तै लामो स्पष्टीकरण दिइन् । उनले भनिन् : परिवारलाई समय दिन्छु विवाहपछि मैले कम काम गरेकी हुँ । तर, फैसला गरेर होइन । स्वास्थ्यमा समस्या देखिएर हो । काम गर्ने सन्दर्भमा म ‘क्रेजी’ छु, जे गर्छु, आफूलाई पूरै समर्पण गरेर गर्छु । काम गर्दा आफ्नै लागि समय पनि बचाउन सक्दिनँ । एउटा काम सकेपछि मलाई लामै समय ‘मेन्टल’ र ‘फिजिकल’ ‘ब्रेक’ आवश्यक पर्छ । अहिले म सातामा तीन दिन ‘स्क्रिप्ट’ पढिरहेकी छ्ु । बचेका दिन परिवारलाई समय दिन्छु । कहिलेकाहीँ पुराना साथीहरूसँग भेट्छु । घरमा फिल्म हेर्छु, किताबहरू पढ्छु । व्रत बस्दिनँ, प्रार्थना धेरै गर्छु मलाई अन्धविश्वासमा विश्वास छैन । तर, यसको अर्थ मैले प्रार्थना गर्दिनँ भन्ने होइन ।

म अत्यन्त धेरै प्रार्थना गर्छु । तर, त्यसका लागि मेरो आफ्नै शैली छ । म जस्तो प्रार्थना गर्छु, त्यो मबाहेक अरूले बुझ्नै सक्दैनन् । तर, आजसम्म म व्रत बसेकी छैन, न कहिल्यै विशेष दिन भन्दै मन्दिर गएकी छु ।नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्
LIVE TV