
विहिवार शेयर बजार दोहोर अकंले बढेको छ । विहिवार शेयर बजार १४ दशमलव २५ अकंले बढेर १ हजार १ सय ६४ दशमलव १४ अकंमा कारोवार भएको छ । विहिवार दिनभरीमा ५८ करोड १९ लाख रुपैयाँको कारोबार भएको छ ।
कुल १० लाख नौं हजार ८७ कित्ता सेयर किनबेच भएका छन् । एनआइसी एसियाको १० करोड १६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । केही दिनयता बैंकको कारोबारमा तिब्रता आइरहेको छ । बैंकले ३९ प्रतिशत वोनस सेयर र २५ प्रतिशत हकप्रद सेयर घोषणा गरेको छ । लाभांस र हकप्रदको बुकक्लोज नजिक आएकाले कारोबार बढेको हो । दिनभरीमा बैंकको एक लाख एक हजार ७५६ कित्ता सेयर किनबेच भएको छ । नगद लाभांसको चर्चाले नेशनल लाइफको कारोबार पनि बढेको छ । कम्पनीको तीन करोड ६६ लाख रुपैयाँको कारोबार भएको छ । यता ग्लोबल आइएमइको आज बल्कमा कारोबार भएको छ । बैंकको तीन करोड पाँच लाखको सेयर किनबेच भएको छ । बिमा कम्पनीलाई नगद लाभांसमा रोक लगाइएको समाचार सार्वजनिक भएको बिमा समूह ५३.७७ अंकले बढेको छ । बैंकिङ पनि १३.३३ अंक उक्लिएको छ । व्यापारवाहेक सबै समूह उक्लिँदा समग्र बजार १४.२५ अंकले बढेर बन्द भएको छ । महिला सहयात्रा माइक्रोफाइनान्स, गण्डकी विकास बैंक र सुभेच्छा विकास बैंकका लगानीकर्ताले १० प्रतिशतको हाराहारीमा कमाएका छन् । १० प्रतिशतको हाराहारीमा गुमाउनेमा इन्नोभेटिभ डेभलपमेन्ट बैंक छ ।