
नाका सहज हुदै गए पछि भैरहवा स्थित बेलहिया नाकाबाट वितेको तीन सातामा डिजेल पेट्रोल,एलपीजी ग्यास बुलेट र मटितेल गरी ५ सय ५५ ट्यांकर तथा कन्टेनर नेपाल भित्रिएका छन । भारतको नाकाबन्दी सुरु भएको तिन महिना पछि अहिले आएर सबैभन्दा बढी परिणाममा इन्धन र ग्यासहरु यही नाका हुँदै नेपाल भित्रिएका छन् । अन्य समयमा भन्दा अहिले भैरहवाको बेलहिया नाका धेरै सहज भए पति यँहाबाट हुने आयात निर्यात अहिले दिनहुँ बढेको छ । नाका सहज हुदै गए पछि बेलहियाबाट पछिल्लो तीन सातामा डिजेल पेट्रोल,एलपीजी ग्यास बुलेट र मट्टितेल गरी करीब ५ सय ५५ ट्यांकर तथा कन्टेनर नेपाल भित्रिएका छन् । सीमावर्ति भारतीय बजारबाट अहिले बिगतमा भन्दा निकै सहज रुपमा इन्धन,ग्यास तथा मालबाहक ट्रकहरु भित्रिरहेका छन् ।