२३ पुष २०७२, बिहीबार

विश्व फुटबलको नियमनकारी निकाय फिफाको नयाँ बरियतामा नेपाल फेरि ४ स्थान तल झरेको छ । बिहीबार सार्वजनिक गरेको फिफाको नयाँ बरियता अनुसार नेपाल ४ स्थान तल झर्दै १९६ औं स्थानमा पुगेको हो । दक्षिण एसियाली मुलुकको बरियतामा पनि नेपाल पुछारमा झरेको छ ।
विश्व बरियताको पहिलो स्थानमा भने यसपटक पनि बेल्जियम नै रहन सफल भएको छ । यस्तै विश्वकपको उपबिजेता अर्जेन्टिना दोस्रो, स्पेन तेस्रो, जर्मनी चौथो, चिली पाँचौं स्थानमा रहेका छन् ।

LIVE TV