
आधुनिक समयमा सञ्चार क्षेत्रमा मात्र नभएर विभिन्न क्षेत्रमा फोटोको प्रयोग हुन्छ । भनिन्छ हजारौँ शब्दले दिने सन्देश एउटै फोटोले दिन्छ । आज नेपालमा मात्र नभएर विश्वमा नै प्रविधिको विकासका साथै सञ्चार क्षेत्रले व्यापक रुपमा स्थान ओगटिरहेको छ । यसै सन्दर्भमा फोटोग्राफि अत्यन्तै महत्वपुर्ण विषय बन्नुका साथै समस्या पनि बनेको छ । कुनै एक व्यक्तिले खिचेको फोटोलाई अर्को व्यक्ति तथा ठुलठुला पब्लिकेशनहरुले गलत प्रयोग पनि गरीराखेका छन् । तस्विर फोटो स्टुडियो बाट खिचिएको फोटोहरुलाई बिना अनुमति पब्लिकेशन तथा वेबहरुले गलत प्रयोग गरीरहेका भन्नुहुन्छ तस्विर फोटो स्टुडियोका संचालक शिव लाल ।यहि आफ्नो समस्याहरुलाई लिएर केहि कानुनविद्हरु सँग परामर्श लिँदा पनि यस विषयमा खासै नियम नभएको सल्लाह पाएको पनि संचालक श्रेष्ठ बताउनुहुन्छ ।तस्विर फोटो स्टुडियोका संचालक श्रेष्ठ आफै केहि पब्लिकेशनमा गएर आफुले खिचेको फोटोहरुको विना अनुमति मिसयुज गरीयो भन्ने कुरा राख्दा केहि पब्लिकेशनहरुले माफि पनि मागेका बताउनुहुन्छ सचालक श्रेष्ठ ।आफुले धेरै मिहिनेत गरेर खिचेको फोटोहरुलाई आफ्नै नजिकको साथिभाईहरले गलत प्रयोग गरिरहेका छन् । यसरी आफ्नै साथिभाइहरुले आभफ्नो फोटोहरुलाई मिसयुज गरीदिँदा धेरै असर पर्ने पनि बताउनुहुन्छ ।फोटोग्राफि र भिडियोग्राफि फिल्डमा भविस्य राम्रो हुने पनि बताएका छन् । यसै फोटोग्राफिले आफुलाई नाम र दाम दवै दिएको पनि बताउँछन् ।फोटोग्राफि क्षेत्रमा क्यमेरा सम्बन्धिनै जानकारी नभएको धेरै मात्रामा फोटोग्राफरहरु भेटाएकाले आउने पुस्ताहर चाँहि फोटोग्रफि सम्बन्धि राम्रो अध्ययन गरेर मात्र आउन पनि सल्लाह दिनुहुन्छ ।
नेपालमा फोटोग्राफि सम्बन्धि केहि मात्रामा एकेडेमिक पढाई भए पनि खासै फस्टाएको पाईदैन । त्यसैले यस फोटोग्राफि बिषयलाई पनि अन्य बिषयहरु जस्तै फस्टाउन पर्ने आजको माग हो । त्यस्तै एक व्यत्तिले खिचेको फोटोहरुको दुरुपयोग हुन नदिन कानुन् बन्न पनि आवश्यक रहेको देखिन्छ ।