२३ पुष २०७२, बिहीबार

दक्षिण कोयिराली सरकारले नेपालको शैक्षिक, खेलकुद तथा सांस्कृतिक क्षेत्रमा निरन्तर सहयोग जारी राख्ने बताएको छ । दुवै देशवाट स्वयंसेवक आदानप्रदान पनि बढाउने पनि कोरियाले जनाएको छ । नेपाल भ्रमणमा रहेको दक्षिण कोरियाली राष्ट्रपतिका सहयोगी छङ डोङ गुसहितको प्रतिनिधिमण्डलले विहीवार विहान प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरी नेपाल र कोरिया बीचको सम्वन्ध अत्यन्त सुदृढ रहेको र सहयोग पनि आदानप्रदान हुने विश्वास व्यक्त गरेको छ । प्रधानमन्त्री ओलीसंगको भेटवारे जानकारी दिँदै डोङले नेपालमा कोरियन स्वयंसेवकहरु पठाएर शैक्षिक तथा सांस्कृतिक क्षेत्रमा थप सहयोग रहने जानकारी दिनुभयो । भेटघाटकाक्रममा प्रधानमन्त्री ओलीले एसियाको बलियो अर्थतन्त्र दक्षिण कोरियावाट नेपालले धेरे सिक्न सक्ने हुँदा दुई देश बीचको सम्वन्ध थप प्रगाढ हुनु पर्ने बताउँनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV