२३ पुष २०७२, बिहीबार

 

नेपाली फिल्म उद्योगमा पनि महिला निर्देशकहरुको संख्या बढ्दै गईरहेको छ । पहिलेका महिला निर्देकहरुले निर्देशन गरेका फिल्महरुले खासै चर्चामा आउन सकेनन् । यो बर्ष नेपाली फिल्म उद्योमा दुई महिला निर्देशकहरुले निर्देशन गरेका फिल्म काफल पाक्यो र फगु प्रदर्शनमा आउदैछन् । सम्झना उप्रेति रोनियर बाट निर्देशित फिल्म फागु यहि फागुन ७ गतेका दिन देखि प्रदर्शन हुने भएको छ । त्यस्तै अर्कि महिला निर्देशक हुन साबित्रि खत्रि, जस्ले काफल पाक्यो निर्देशन गरेका छन् । काफल पाक्यो फिल्म पनि माघको १ गते रिलीज गरीने भएको छ । यो वर्ष महिला निर्देशित २ फिल्म हरु प्रदर्शनमा आदैछन् । सम्झना उप्रेति रोनियरबाट निर्देशित फागु फिल्म रोनियरको दोस्रो फिल्म हो, यो भन्दा पहिले मेघा फिल्म निर्देशन गरेका छन् । रोनियरको मेघा फिल्मले खासै चर्चामा नल्याएपनि फागु फिल्मले भने माथि उठाउने देखिन्छ । त्यस्तै काफल पाक्योका निर्देशक साबित्रि खत्रिको भने यो पहिलो फिल्म हो । यी दुई महिला निर्देशकहरुको फिल्मले कत्तिको चर्चा पाउँछ हेर्नै बाँकि नै छ । नेपालको सबै भन्दा पहिलो महिला निर्देश हुन् सुचित्रा श्रेष्ठ । उनले फिल्म पत्रकारीता बाट सुरु गरी प्रेम योद्धा फिल्मको निर्देशन गरेका थिए । केही बर्ष पहिले रेखा थापाले पनि हिम्मतवाली फिल्मको निर्देशन गरेका थिए । यो फिल्मले पनि राम्रै चर्चा पाएको थियो । नेपाली फिल्म उद्योगमा महिला निर्देशकहरुको सुचिमा जम्मा छ जना मात्र देखिएका छन् ः
१।सुचित्रा श्रेष्ठ
२।रक्षा सिंह
३।दीपा बस्नेत
४।सम्झना उप्रेति रोनियर
५।रेखा थापा
६।साबित्रि खत्रि
अहिले नेपाली फिल्म उद्योगमा महिला निर्देशकहरुको आगमन भईरहेको समयमा हास्या कलाकार दीपा श्री निरौलाले पनि अब बन्ने वाला फिल्म छ भने माया लाईदेउ छपक्कै भन्नेमा निर्देशन गर्ने हल्ला आएको सुनिन्छ । यसरी विभिन्न महिला निर्देशक हरुको नेपाली फिल्म उद्योगमा आगमन भईररेको देखिन्छन् ।

LIVE TV