२३ पुष २०७२, बिहीबार

भोली बाट हलमा लाग्ने फिल्म बागमती को निर्माण पक्षले बाईक देखि सुनको सिक्का सम्म दर्शकहरुलाई उपहार दिने भएको छ । काफल पाक्यो फिल्मले जस्तै बागमती फिल्मले पनि दर्शकहरुलाई हलसम्म तान्न विभिन्न प्रचार शैली अपनाईरहेका छन् । आफ्नो प्रचार शैलीलाई भिन्दै तवरले अगाडी बढाईरहेका बागमतीले दर्शकहरुलाई हल सम्म तान्न नयाँ उपहारको घोषणा गरिसकेका छन् । काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै उक्त उपहारहरुको घोषणा बागमतीको निर्माण टोलीले घोषणा गरेका हुन् ।

 

चलचित्रको टिकट सँगै वितरण गरीएको कुपनमै यी उपहारहरु रहने छन् । टिकट सँगै वितरण गरीएको कुपनलाई दर्शकहरुले हलमा राखिएको बागमतीको बाकसमा खसाल्नु पर्ने बताएका छन् ।हरेक दिन मल्टिप्लेक्स थिएटरमा लक्कि ड्र गरी एक जना भाग्यशाली दर्शकलाई सुनको सिक्का दिने र यस्तै ,हरेक हप्ता होलीडे प्याकेज,मोबाईल फोन,सिक्रि, औंठि,बालाका साथै कलाकारहरु सँग रात्रीभोज पनि दिने भएको छ । अन्तमा सम्पुर्ण दर्शकहरुमध्येमा एक जना लाई बम्पर उपहार स्वरुप इलेक्ट्रिक बाईक पनि उपलब्ध गराउने भएको छ ।भोली शुक्रबारबाट देशभरका हलमा लाग्ने बागमती ट्रि इन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको हो । यस फिल्ममा राजेश हमाल,शिव श्रेष्ठ,केकी अधिकारी, श्रेया कार्की, कञ्चन ठकुरी लगाएतका ककलाकारहरुले मुख्य भुमिकामा अभिनय गरेका छन् भने दक्षिण भारतीय निर्देशक सन्नी केरलाले निर्देशन गरेका हुन् । एक घण्टा चालिस मिनेट लामो फिल्म बागमतीलाई विजय सत्याल र दिनेश दर्शनदारीले निर्माण गरेका हुन् । नेपाली फिल्म क्षेत्रमा पुरानो कलाकार राजेश हमाल र शिब श्रेष्ठ दुवै देखिने यो फिल्ममा रोचक त हुने नै भयो तर पनि फिल्मको सुरुमै शिब श्रेष्ठ र राजेशको दश मिनेट लामो एक्सन सिन भएकाले फिल्म हेर्न नछुटाउन पनि निर्माताले अनुरोध गरेका छन् । यसै बागमति फिल्मको पत्रकार सम्मेलन कार्यक्रममा पत्रकार महासंघलाई नगत रु तिस हजारको चेक संघका अध्यक्ष शान्तिप्रियलाई हस्तान्तरण पनि गरीएको छ ।
 

 

LIVE TV