२३ पुष २०७२, बिहीबार

बलिउडका नायक सञ्जय दक्त जेल मुक्त हुने भएका छन् । सन् १९९३ मा मुम्बाईमा भएको सिरियल बम ब्लास्टमा सञ्जयको पनि संलग्नता रहेको भन्दै अदालतले दोषि ठहर गरेको थियो । यहि आउँदो फेब्रुअरी २७ मा जेलमुक्त हुने भारतीय सञ्चार माध्यामहरुले बताएका छन् ।

 

sanju_baba_final
अदालतल सञ्जय दक्तलाई पाँच बर्षको सजाय सुनाएको थियो । अदालतले सञ्जयलाई पाँच बर्ष जेलको निर्णय गर्नु अघि नै सञ्जयले १८ महिना जेल बसिसकेका थिए । यरवदा जेलमा सजाय काटिरहेका सञ्जयले आफ्नो जेल जीवन १०५ दिन बाँकी हुँदै रिहा हुन लागेका छन् । सन् २०१३ मे २१ मा उनी यरवदा जेल गएका हुन् । प्रत्येक कैदीले ११४ दिन छुट पाउने कानुनका जानकारले बताएका छन् । छुट पाउनका लागि कैदीहरु एकदमै अनुशासित बन्नु पर्ने पनि बताएका छन् । सञ्जय दक्तले यो विचको समयमा ४ पटक छुट्टि पनि लिईसकेका छन् । अदालतको निर्णय अनुसार सञ्जयले तिन बर्ष छ महिना जेल बस्नु पर्ने थियो । यसै समयमा सञ्जयले २ बर्ष ९ महिना जेल बसेपछि रिहा हुने खबर आएको हो ।
sanjay-dutt

 

 

 

LIVE TV