२३ पुष २०७२, बिहीबार

स्पेनिस कोपा डेल रे फुटबलको क्वाटर फाइनल प्रवेशका लागि भएको पहिलो लेगमा बार्सिलोना विजयी भएको छ । बुधबार राति भएको प्रिक्वाटर फाइनलको पहिलो लेगमा बार्सिलोनाले नौ खेलाडीमा सीमित स्पानियोललाई ४–१ ले हरायो ।

BARCELONA, SPAIN - MAY 30:  Lionel Messi of FC Barcelona celebrates after scoring the opening goal during the Copa del Rey Final match between FC Barcelona and Athletic Club at Camp Nou on May 30, 2015 in Barcelona, Spain.  (Photo by David Ramos/Getty Images)

डिओप र आर्सेन्सिओ पेरेज दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि स्पानियोल नौ खेलाडीमा सीमित भएको थियो । बार्सिलोनाको जितमा लियोनल मेस्सीले दुई तथा जेराड पिके र नेइमारले एक एक गोल गरे । खेलमा सुरुवाती अग्रता भने स्पानियोलले लिएको थियो । नवौं मिनेटमा काइसेडोले गोल गर्दै स्पानियोललाई सुरुवाती अग्रता लिदाएका थिए । १३ औं मिनेटमा मेस्सीले बार्सिलोनाका लागि बराबरी गोल फर्काए । ४४ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा २–१ को अग्रता दिलाए । ४९ औं मिनेटमा जेराड पिके तथा ८८ औं मिनेटमा नेइमारले एक एक गोल गरेपछि बार्सिलोना ४–१ ले विजयी भयो । दोस्रो लेग पुस २९ गते हुनेछ ।

यस्तै बुधबार राति नै भएका प्रिक्वाटर फाइनलका पहिलो लेगका अरु खेलमा भ्यालेन्सियाले ग्रनाडा लाई ४–०, एथ्लेटिको बिल्बाओले भिल्लारियललाई ३–२ तथा सेभिल्लाले रियल बेटिसलाई २–० ले हरायो । एथ्लेटिको मड्रिड र रायो भालेकानो तथा मिरान्डेस र डिप्रोटिभो डी ला कोरुनाले १–१ को बराबरी खेले ।

LIVE TV