
प्रमुख तीन दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको कार्यदल स्तरमा वार्ता सुरु भएको छ । कार्यदल स्तरको वार्ताले विश्वासको बातावरण बन्ने विश्वास गरिएको छ ।
नेताहरुका अनुुसार आज पुन बैठक राखिएको छ । आजको बैठकमा मधेसी मोर्चाका ११ बुँँदे मागमा विषय प्रवेश गरेर छलफल सुरु हुनेछ । तराई मधेस सदभावना पार्टीका वरिष्ठ नेता रामनरेश रायले विश्वासको वातावरण बन्दै गएको बताउनुभएको छ । उहाँले आजको बैठकमा विषय प्रवेश हुने बताउनुभयो ।आजबाट मधेसी मोर्चाले राखेको ११ वटा बुँदामा छलफल थाल्ने र एकएक टुग्याउँदै जाने सहमति भएको संघीय समाजवादी फोरमका उपाध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
मधेसी मोर्चाले कार्यदल बनाएको भोलिपल्ट कार्यदल स्तरिय वार्ता भएको हो । शान्ति तथा पुननिर्माण मन्त्रालयमा हिजो साँझ भएको वार्तामा विश्वासको वातावरण बनाउनेबारे छलफल भएको थियो ।