२३ पुष २०७२, बिहीबार

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र सभामुख ओनसरी घर्तीले वर्षमान पुनको स्वास्थ्य अवस्थाको जानकारी लिनुभएको छ । जण्डिस रोगबाट ग्रसित माओवादीका सचिवसमेत रहनु भएका पूर्वअर्थन्त्री पुन थाइल्याण्डको समितिवेज अस्पतालमा दुई सातादेखि उपचार गराइरहनुभएको छ ।

prakashdahal
पुन सभामुख घर्तीकी श्रीमानसमेत हुनुहुन्छ । पुनलाई भेट्न दाहाल, सभामुख घर्ती र दाहालपत्नी सीता दाहाल बुधबार काठमाडौंबाट बैंकक जानुभएको थियो । उहाँहरुले पुनको उपचारमा संलग्न चिकित्सकहरुसँग छलफल गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको कछ । चिकित्सकहरुले पुनको स्वास्थ्य पहिलाको भन्दा सुधार आएको बताएका छन् । तर, पुनको स्वास्थ्य छिनछिनमै परिवर्तन हुने गरेकाले अस्थीर छ ।
पुनलाई भेट्न गएका दाहालको साथमा उहाँकी पत्नी सिता, छोरा प्रकाश र माओवादी नेता ल्यार्काल लामा पनि छन् ।

LIVE TV