२३ पुष २०७२, बिहीबार

विश्वमै दुर्लभ र अमूल्य रहेको हीराको राजा कोहीनुर पशुपतिनाथकै ढुकुटीमा रहने भएको छ । सर्वोच्च अदालतले पशुपतिनाथको ढुकुटी नखोल्न सरकारका नाममा हालै परमादेश जारी गरेपछि कोहीनुर ढुकुटीमै रहने भएको हो ।

pashupatinath

विगतमा कोहीनुर हीराका विषयमा नारायणहिटी दरबारले चासो राखेको कोषका कर्मचारी सम्झन्छन् । त्यो बेलादेखि नै निकै चर्चामा आएको पशुपतिनाथको ढुकुटीलाई सर्वोच्च अदालतले ‘नखोल्नू’ भनेर आदेश गरेपछि हीरा अन्ततः ढुकुटीमै रहनेभएको हो ।

पशुपति क्षेत्र विकास कोषका तत्कालीन कोषाध्यक्ष नरोत्तम वैद्यका अनुसार वि.सं. २००२ सालमा जयवागेश्वरी तहविलबाट यो हीरा पशुपतिनाथको ढुकुटीमा दाखिला भएको हो । गोरखापत्र दैनिकमा खबर छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV