२३ पुष २०७२, बिहीबार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तोकिएको समय अबधिभन्दा बढी बसी तलबभत्ता बुझ्ने ८ जना पूर्वराजदूतसँग ५६ लाख रुपैयाँ भन्दा बढी असुल गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र परराष्ट्र मन्त्रालयलार्य निर्देशन दिएको छ। नागरिक दैनिकमा समाचार छ।

embessy

अख्तियारको मंगलवार बसेको बैठकले परराष्ट्रको पूर्व स्वीकृति नलिई अवधिभन्दा बढी बस्ने पूर्वराजदूतसँग त्यो बराबरको तलबभत्ता असुल गर्ने निर्णय गरेको हो।

 

अख्तियारले पूर्वराजदस्तहरु शंकर शर्मा, सुरेशचन्द्र चालिसे, भोजराज घिमिरे, प्रद्युम्नविक्रम शाह, मधुवन पौडेल, अरुण धिताल, मोहनकृष्ण श्रेष्ठ र सुशीलचन्द्र अमात्यसँग तोकिएको समयभन्दा बढी रहँदा राज्यकोषबाट बुझेको रकम असुल गर्न प्रधानमन्त्री कार्यलय र परराष्ट्रलाई भनेको हो ।

 

पूर्वराजदूतहरुले बिना स्वीकृति तोकिएभन्दा बढी बसेर सरकारलाई हानीनोक्सानी पुर्याएको ठहर गरेको छ।

 

LIVE TV