२३ पुष २०७२, बिहीबार

तराई आन्दोलन र भारतको नाकाबन्दीपछि काठमाडौँमा ग्यास र इन्धनको आवश्यकताअनुसार वितरण हुन नसकेपछि कैयौँ होटल तथा गेस्ट हाउसहरु बन्द भएका छन्। नेपाल समाचार पत्र दैनिकमा समाचार छ।

gas

सर्वसाधारणका घरमा ग्यास पुग्न नसक्दा भोकभोकै बस्नु पर्ने बाध्यात्मक अवस्था छ। तर काठमाडौँका तारे होटल भने चौबीसै घण्टा सेवा दिइरहेका छन्। केही ठूला होटल व्यवसायीहरुले ग्यास उद्योगीहरुसँग मिलेर सीधै होटलमा ग्यास ल्याइदिने समेत गरेको बुझिएको छ।

 

सर्वसाधारणले हप्तौँ लाइन बस्दा पनि ग्यास नपाउने तर ठूला घराना तथा व्यवसायीको भने घरमा नै ग्यास पुग्ने भन्दै सर्वसाधारणले प्रश्न उठाएका छन् ।

 

ग्यास र इन्धनको लाइनमा सर्वसाधारणको मात्रै भीड लाग्ने गरेको छ। ठूलाले सीधै नेपाल आयल निगमको तोकबाट इन्धन पाउँदै आएका छन्।

 

LIVE TV