२३ पुष २०७२, बिहीबार

काठमाडौं । आयल निगमले अर्को सातादेखि उपत्यकामा दैनिक मागअनुसार पेट्रोल वितरण गर्ने तयारी गरेको छ । दैनिक बरौनीबाट साढे तीन लाख, बेतालपुरबाट चार लाख र गोन्डाबाट चार लाख लिटर पेट्रोल ल्याउन खोजेको नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताए ।

PETROL

सोही अनुसार आयात भए उपत्यकामा दैनिक तीन लाख ५० हजार लिटरका दरले वितरण गर्ने योजना बनाएको घिमिरेले बताएको नयाँ पत्रिकामा खबर छ ।

तीनवटै डिपोले मागजति तेल दिने सहमति गरेको पनि घिमिरेले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV