२३ पुष २०७२, बिहीबार

काठमाडौं । सरकारले मुख्य सचिवका लागि प्रधानमन्त्री निवास बालुवाटारको कम्पाउन्डभित्रै सरकारी निवास निर्माण गर्ने भएको छ । प्रमुख प्रशासनिक सल्लाहकारका रुपमा प्रधानमन्त्रीसँगै रहेर काम गर्ने मुख्य सचिवलाई प्रधानमन्त्री निवासमै भवन निर्माण गर्न लागिएको नेपाल समाचारपत्रमा खबर छ ।

money_nepalii

हालसम्म मुख्य सचिवहरु आफ्नै निवासमा बस्दै आएका छन् । मुख्य सचिवको सरकारी निवास नहुँदा कामकाजमा कठिनाई हुँदै आएको भन्दै सरकारले प्रधानमन्त्रीसँग रहने गरेर निवास निर्माण गर्न लागेको हो ।

सात रोपनी आठ आना क्षेत्रफलमा निर्माण हुने भवन साढे दुई तलाको हुनेछ । सरकारले दुई वर्षमा सरकार निवास निर्माण सम्पन्न गर्नेछ ।

झन्डै साढे चार करोड रुपैयाँ लगानीमा आगामी दुई वर्षमा मुख्य सचिवको निवास निर्माण गर्न लागिएको हो । भवनको डिजाइनको कार्य सम्पन्न भएसँगै सरकारले डिजाइनको कार्य सम्पन्न भएसँगै सरकारले टेन्डरको प्रक्रिया अघि बढाएको छ ।

 

LIVE TV