२३ पुष २०७२, बिहीबार

काठमाडौं । सत्ताबाट बाहिरिने बेलामा तजबिजी अधिकारको प्रयोग गर्दै सुशील कोइराला नेतृत्वको सरकारले मन्त्रिपरिषदको एउटै बैठकबाट दुई करोड रकम बाँडेको पूर्वदृष्टान्त पच्छ्याउँदै केपी शर्मा ओली नेतृत्वको सरकारले प्रारम्भिक तीन महिनामा त्यत्तिकै अपारदर्शी रुपमा पौने दुई करोड बकस दिएको अन्नपूर्ण पोस्टमा खबर छ ।

kp oli

कोइराला नेतृत्वको सरकारले २०७२ असोज १४ गते यतामात्रै दुई करोड ४८ लाख रकम चन्दा बाँडेको पाइएको छ भने ओली नेतृत्वको सरकारले मंसिर र पुसमा मात्र एक करोड ७४ लाख ८ सय ८० रुपैयाँ वितरण गरेको छ ।

प्राप्त रेकर्ड अनुसार बाँडिएको रकम भूकम्पपीडित र अभावग्रस्त सर्वसाधारणलाई राहत पुग्नेगरी नभई पहुँचवाला नेता र राजनीतिक दलका कार्यकर्ताको भागमा परेको छ ।

 

LIVE TV