
बिर्तामोड युनाईटेड क्लब झापा, झापाको काँकडभिट्टमा जारी प्रथम अन्तर्राष्ट्रिय काँकडभिट्टा गोल्डकप आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाईनल प्रवेश गरेको छ । उस्ले फाइनल प्रवेशका लागि काठमाडौंको चर्च क्लबलाई पन्छाएको छ ।
प्रतियोगताको बुधबार भएको पहिलो सेमिफाईनलमा स्पर्धी चर्च व्वाईज क्लब काठमाडौँलाई २—० गोल अन्तरले पराजित गदैं उपाधिको दावेदार बनेको हो । विर्तामोडका लागि दुवै गोल कर्ण लिम्बुले गरेका थिए । लिम्बुले पहिलो गोल ६७ औँ मिनेटमा पेनाल्टी मार्फत गरे भने दोस्रो गोल ८४ औँ मिनटमा विशाल राईको पासमा गरेका थिए । डि—बक्स भित्र चर्च व्वाईजका पालसङ लामाको हातमा लागेपछि विर्तामोडले पेनाल्टीको अवसर पाएको थियो । लिम्बुले प्रहार गरेको पेनाल्टी गोलमा परिणत भएको थियो । त्यसपछि विशाल राईले दिएको पासलाई नियन्त्रणमा लिदैं ८४ औँ मिनटमा पुनः गोल गरे जीत दिलाएका थिए । २ गोल गरेका लिम्बु खेलको म्यान अफ दी म्याच घोषित भए । बिहीबारको अन्तिम सेमिफाईनल खेल दार्जिलिङ ११ र फ्यान्स क्लब विआरसी भूटानबीच हुने आयोजकले जनाएको छ ।