
पार्टीको १३ औं महाधिवेशन नजिकिदै गर्दा नेपाली काँग्रेसको केन्द्रीय कार्यालय अनसनस्थल जस्तो देखिएको छ । विभिन्न जिल्लाका असन्तुष्ट पक्षहरु मध्ये कोही आमरण अनसनमा छन् भने कोही रिले अनसन गरिरहेका छन् । सोलुखुम्बु जिल्लाका दुई समूहहरु छुट्टा छुट्टै अनसन गरिरहेका छन् । पार्टी सदस्यता वितरणमा मनोमानी गरिएको भन्दै सोलुखुम्बु जिल्लाका सचिव भोजराज कार्कीको नेतृत्वमा एकातिर आन्दोलन छ भने पार्टी सभापति आङगेलु शेर्पाको नेतृत्वका अर्को ढोकामा आन्दोलन गरिरहेका छन् र उनीहरुको पनि आ आफनै दावी छ ।
त्यस्तै रौतहट जिल्लाको दुई समूह समेत आन्दोलन गरिरहेका छन् । क्रियाशील सदस्यता वितरणमा भएको मनोमानी विरुद्ध एक समूहले आन्दोलन गर्ने साथै अर्को समूहले पनि आन्दोलन शुरु गरेको छ र उनीहरुको पनि आ आफ्नै दावी छ । आफ्नो माग पूरा नभएसम्म दुवै पक्षले आन्दोलन नछाड्ने बताइरहेका छन् । त्यसवाहेक डोल्पा जिल्ला सभापति पनि सदस्यता कटौती गरेको विरोधमा आमरण अनसन गरिरहेका छन् । फरक फरक समूहका मागहरुका कारण अहिले काँग्रेस केन्द्रीय कार्यालय अनसन स्थल जस्तो भएको छ ।