
भूकम्पबाट भत्किएको आफ्नो घर बनाउन नगरपालिकाले नक्सा पास नगरीदिदा भूकम्प पीडितहरुलाई झन पीडा थपिएको छ् । भत्किएको घरलाई पुनर्निर्माण गर्न सरकारले ढिला गरेको र आफै बनाएको नक्सा पास नहुँदा थप समस्या आाएको उनीहरुको भनाइ छ ।
भक्तपुर जँेलाका बिश्वराम कोजुले भक्तपुर नगरपालिकावाट घर वनाउन नक्सा पास नभएपछि ओभोसियरलाइ नक्सा डिजाइन गर्न लगाइ पुरानै मापदण्द अनुसार नै घर निर्माण गरे । उनले जग्गाको लालपुर्जा सहकारी संस्थामा धितो राखि १० लाख ऋण लिएर नक्सा पास नभएपनि घर निमार्ण प्रकृया अगाडि बढाए । भूकम्पले घर भत्कीए पछि केहि समय अस्थाइ टहरामा वसेका उनी त्यहाँ वस्न नसकी कोठा भाडामा लिएर वस्दै आएका छन । ४ परिवारका कोजुलाइ कोठा भाडा पनि निकै महंगो तिर्नु परेको छ । उनी वाध्यतालेनै नक्सा पास नभएपनि घर बनाउनु परेको गुनासो सुनाउछन ।
नेपाल सरकारले नयाँ बनाएको मापदण्ड लागु गर्ने हो भने आवासीय क्षेत्रमा ब्यापार गर्न नपाउने ,ब्यापारिक क्षेत्रमा आवासीय प्रयोग गर्न नपाउने र घर निर्माण गर्दा चारै तर्फ एक मिटर प्यासेज छोडेर निर्माण गर्नु पर्ने मापदण्ड जारी गरेको छ । यो भक्तपुरका पुराना बस्तीको हकमा लागु गर्न सम्भब नहुने नेपाल मजदुर किसान पार्टी नगर बिकास समितिका अध्यक्ष रबीन्द्र खर्बुजा वताउछन। । ६,७ फिटमात्र मोहडा भएको जोडिएका घरहरु अनि ५,६ फिटका गल्लीहरु भएको यो नगरपालिकामा नयाँ मापदण्ड लागु गर्ने हो भने कुनै पनि घर बन्दैन ।
८ देखि १० फिट मोहडाको घर भएका भूकम्प पीडितहरुले आफनै जग्गामा घर निर्माण नहुने हो की भन्ने अन्यौल छाएको छ । उनीहरुले नयाँ मापदन्ड लागु गर्ने हो भने नेपाल सरकारले नयाँ ठाउँमा वस्ती ब्यवस्था गरी सार्न समेत माग गरेको छन । यतिबेला सरकारले नक्सा पनि नदिने र पुनर्निर्माणको लागि राहत पनि नदिए पछि भूकम्प पिडितहरु थप मारमा परेको छ ।