
नेपाली फिल्म इन्डष्ट्रिमा पुरानो कलाकार महानायक राजेश हमाल शकुन्तला फिल्ममा तेस्रो लिंगीको भुमिकामा अभिनय गरीरहेको छ । विभिन्न भुमिकाहरुमा धेरै फिल्महरुमा अभिनय देखाईसकेका राजेशले शकुन्तला फिल्ममा महिलाको भुमिमा देखिने भएको छ । नेपाली फिल्मि दुनियामा महानायक हमाल नयाँ गेटअपमा देखिने भएको छ । कालो ब्लउज र सारीका साथै निधारमा रातो टिका, नाकमा फुली, ओँठमा लाली,र हातमा रातो चुरामा सजिएको हमालकोे यो दृश्य अनौठो हुनसक्ने भएको छ । शकुन्तलामा मुख्य भुमिका निर्वाह गरीरहेको हमाल अभिनित फिल्म बागमति पनि पौषको २४ मा रीलिज हुने भएको ।
शकुन्तला फिल्मको छायाँकन हुनु भन्दा अगाडी आयोजीत प्रेसमिटमा राजेश हमालले शकुन्तला को शिर्ष भुमिकामा जो पनि महिला या पुरुष हुनसक्ने पनि बताएका थिए । छायाँकनरत फिल्म शकुन्तलामा महानायक हमाल नारीको पहिरनमा प्रस्तुत हुदैछन्, त्यो पनि तेस्रो लिगीं को भुमिकामा । आउँदो वर्षको बैशाखमा प्रदर्शन गर्ने लक्ष्य रहेको शकुन्तला फिल्मको ७० प्रतिशत छायाँकन सकिसकेका छ । निर्देशक दिनेश श्रेष्ठले पनि राजेश हमाल तेस्रो लिगींको भुमिका निर्वाहा गरीरहेको जनएका छन्, तर यो दृश्य भने पुरै फिल्ममा हो या कुनै दृश्यमा मात्र हो भन्ने चाहीँ खुलासा गरेनन् । राजेश हमालको यो भुमिकालाई गोप्य राख्ने भए पनि निर्माण युनिट बाटनै तस्विरहरु बाहिरीएको निदेृशक श्रेष्ठले खुलासा पनि गरे ।शकूनतलामा महानायक राजेश हमालका साथै किशोर खतिवडा र अनु शाह पनि मुख्य भमिकामा रहेका छन् । राजधानीकै आसपासमा छायाँकनको लोेकेशन रहेको छ । महिलाको पहिरनमा राजेश हमालको अभिनय कस्तो देखिन्छ त, भन्ने कुरा चाँहि फिल्म रीलिज भएपछिनै सबैले थाहा हुने भएको छ । विभिन्न फिल्महरुमा भिन्नै डायलगका साथै भिन्नै अभिनयमा आउने हमाल शकुन्तलामा पनि भिन्नै परिवेशमा देखिने भएको छ । सवै दर्शकहरुको नजर हमालकै अभिनयमा जाने पनि देखिएको छ ।