२२ पुष २०७२, बुधबार

 

दाङको नारायणपुरमा स्कुल बस र माइक्रो बस एकआपसमा ठोक्किँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा २३ जना घाइते भएका छन् ।
विद्यार्थी लिन नारायणपुरतर्फ जाँदै गरेको पद्मोदय पब्लिक स्कुलको रा १ क १९१ नम्बरको बस र तुलसीपुरवाट घोराहीतर्फ आउँदै गरेको रा १ ज ३७२ नम्बरको माइक्रो बस आज विहान नारायणपुरको सौडिकुला भन्ने ठाउँमा एकआपसमा ठोक्किँदा तीन जनाको घटनास्थलमै र दुईजनाको उपचारका क्रममा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख कुबेर कडायतले जानकारी दिनुभयो ।

Accident11
मृतक पाँचै जनाको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ । बिहान लागेको बाक्लो हुस्सुका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । घाइते मध्ये १२ जनालाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ भने अन्य घाइतेहरुको राप्ती उपक्षेत्रिय अस्पताल घोराहीमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV