२२ पुष २०७२, बुधबार

सन् २००८ र २००९मा सरकारको छात्रवृत्तिमा चीन गएका विद्यार्थीहरुको पढाइ अवधि नपुगेको भन्दै नेपाल मेडिकल काउन्सिलले चिकित्सक लाइसेन्स परीक्षा रोकिदिए पछि मेडिकल विद्यार्थीको बिचल्ली भएको छ । शिक्षा मन्त्रालयले मेडिकल काउन्सिलले सरकारको आदेश नमानेको र बिद्यार्थीको भविष्य माथि नै चलखेल गरेको भन्दै असन्तुष्टि जनाएको छ । काउन्सिलको दादागिरीले चीनमा पढेर आएका डाक्टरहरु निराशा छाएको छ । सरकारले छात्रवृत्तिमा चीन अध्ययन गर्न पठाएका विद्यार्थीलाई शिक्षा मन्त्रालयले उचित व्यवस्थापन गर्न खोज्दा पनि मेडिकल काउन्सिलको लापरबाहीको कारण अहिले ति बिद्यार्थीको भविष्य अन्योलमा परेको हो । शिक्षा मन्त्रालयले आह्वान गरेको खुला प्रतिष्पर्धामा छानिएर चीनको तोङ्जी विश्वविद्यालयमा पढ्न गएका विद्यार्थी अध्ययन सकेर आएको १७ महिनासम्म पनि नेपाल मेडिकल काउन्सिलको परीक्षामा सामेल हुन पाएका छैनन् । शिक्षा मन्त्रालयका प्रबक्ता डा हरि लम्सालले मेडिकल काउन्सिलले सरकारको आदेश मानेर विद्यार्थीको अहिलेको समस्या समाधान गर्नु पर्ने बताउनुभएको छ ।

LIVE TV