२२ पुष २०७२, बुधबार

झण्डा हल्लिने गाडीमा सरर हुँइकिने मन्त्रीले सेकुवा खाएको पैसा तिरेको छैन भन्दा कसले पत्याउने ? तर, अनामनगरस्थित धराने सेकुवाको बाटो हुँदै जब–जब वातावरण तथा जनसंख्या मन्त्री विश्वेन्द्र पासवान हुँइकिन्छन्, तब–तब त्यहाँका साहुको मन नराम्रोसँग रुन्छ ।

sekuwa

कारण हो,‘आज दिन्छु, भोलि दिन्छु’ भन्दाभन्दै झण्डै एक वर्षदेखि ५२ सय रुपैयाँ नतिर्नु । सेकुवा साहु नेताले उधारो तिर्लान् भन्ने आश गरेर बसेका थिए, आशैआशमा उनी मन्त्री भइसके, पैसा दिने सुरसार छैन ।

बानीव्यहोरा विश्वेन्द्रको जस्तै भएका अर्का पूर्वसभासद् राजकुमार नाल्बो उनलाई भेटेमा पिटिदिने भन्दै हिँड्न थालेका छन् । उनी पनि विश्वेन्द्रबाटै पीडित रहेछन् ।आजको जनआस्था साप्ताहिकमा खबर छ ।

 

LIVE TV