२२ पुष २०७२, बुधबार

ठगीपछि दिल्लीमा पक्राउ परेकी गुल्मी हस्तीचौरकी भगवती केसी २०६९ सालदेखि नै पोखरा बस्दै आएको खुलेको छ । त्यतिबेला नै उनले पोखराका युवा अर्जुन पौडेललाई फसाएकी थिइन् । पोखराबाट प्रकाशित समाधान दैनिकमा समाचार छ ।

doctor

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी हरिबहादुर पालका अनुसार, आफू मनिपालको डाक्टर हुँ भन्दै भगवतीले अर्जुनसँग बिहे गरेकी थिइन् । सक्कली डाक्टर नभएको पोल खुलेपछि भगवतीले अत्यधिक औषधी खाएर मनिपालमै भर्ना हुनुपरेको थियो । केही दिनको उपचारपछि डिस्चार्ज भएर पोखरा छाडेकी थिइन् ।

उनै भगवती हातहतियार तथा खरखजना मुद्दामा कास्की जेलमा समेत ८ महिना बसेको एसपी पालले बताए । २०७१ मंसिर ११ गते उनी ९ एमएम पेस्तोलको १ राउण्ड गोली सहित पक्राउ परेकी थिइन् । पछि १५ हजार रुपैयाँ धरौटीमा उनी छुटेकी थिइन् ।
कहिले पोखरा त कहिले काठमाडौं बस्दै आएकी उनलाई गएको असारमा प्रहरीले पक्राउ गरेको थियो । पोखरा–५ बस्ने कृष्णहरी गौतमको घर भाडामा लिएर बसेकी उनले सहरा हस्पिटलको डाक्टर हुँ भनेर पोखरा–५ कै शक्ति शर्मासँग बिहे गरेकी थिइन् । उनले हातमा आई ल यु शक्ति लेखेर ट्याटु खोपाएकी छन् ।

एसपी पालले भने, ‘पछि नक्कली डाक्टर भन्ने थाहा पाएपछि दुबै जनाबीच झगडा भयो, भगवतीलाई एक रात वडा प्रहरी कार्यालय वैदाममा थुनी दुवै जनालाई छलफल गरी भगवती सेडाईंको जिम्मा लगाइएको थियो । फेवा सिटी हस्पिटलमा डाक्टर हुँ भन्दै ड्युटी गरेको सुन्नमा आए पनि प्रहरीको मा रिपोर्टिङ नभएको एपपी पालले बताए ।

प्रेममा धोकापछि ठगी धन्दा

नक्कली डाक्टर बनेर दर्जनौ युवाहरुलाई ठगी गर्दै हिँड्ने गुल्मी हस्तीचौरकी डाक्टर सुहाना केसी भन्ने भगवती केसीलाई महानगरीय अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनालले सोधे, किन नक्कली डाक्टर बनेर युवाहरु ठग्दै हिँडेकी ?
‘युवाहरु ठेगान लगाउन,’ उनले जवाफ दिइन् । कस्तो ठेगान ? एसएसपी खनालले उनको भनाइ भुइँमा खस्न नपाउँदै सोधे । ‘यसबारे मलाई केही थाहा छैन्,’ उनी खुलेर केही भन्ने पक्षमा देखिइनन् । प्रहरीले पक्राउ गरे पनि उनमा कुनै पश्चाताप छैन । भन्छिन्, ‘बरु जेलबाट छुटेपछि पनि यही कामलाई निरन्तरता दिन्छु ।’

प्रेममा धोका पाएपछि पूर्व ब्वाइफेन्ड्सलाई देखाउन उनमा बदलाको भाव देखिएको र विरक्तिएर ठगी गर्दै हिँडेको खनालले बताए । काम नगरी ठगेको भरमा मिठो खान, राम्रो लगाउन र युवाहरुसँग मोजमस्ती गर्न पल्किने हावा टाइपको युवती उनी रहेको खनालले बताए । उनले हातमा आइ लभ यु शक्ति लेखेर ट्याटु खोपेकी छिन् ।

७ वर्षअघि गुल्मीबाट काठमाडौं आउँदा एक सहकारीमा काम गरेको र त्यस बखत एक युवकसँग उनको डिप लभ परेको प्रहरीले जनाएको छ । युवकले धोका दिएपछि उनी विरक्तिएर युवाहरुसँग बदला दिने भाव उनमा झल्किएको एसएसपी खनालले बताए ।

 

LIVE TV