२२ पुष २०७२, बुधबार

काठमाडौं । पार्टीको महाधिवेशनको तयारीमा जुटेका कांग्रेस नेता जिल्ला जाने प्रतिस्पर्धामा रहेका छन् । शेरबहादुर देउवाले सुदूरपश्चिम भ्रमण गरेलगत्तै पार्टी सभापति सुशील कोइरालाले दुई साताको कार्यक्रमसहित पार्टी प्रवक्ता दिलेन्द्रप्रसाद बडुलाई पठाएका छन् । बडु एकसातादेखि कञ्चनपुर, डडेल्धुरा, दार्चुला र बैतडीमा कार्यकर्ता भेटघाट कार्यक्रममा व्यस्त रहेको नयाँ पत्रिकामा खबर छ ।

susil-ramchandra-deuba

त्यस्तै पार्टीका उपसभापति रामचन्द्र पौडेल पुगेका स्थानमा सुशील कोइराला आफैं पुगेका छन् । पौडेल पुगिसकेका स्थानमा कोइराला १५ पुसमा पोखरा, १६ मा स्याङ्जा र १७ मा पर्वत पुगे ।

त्यस्तै महामन्त्री कृष्ण सिटौला पनि कार्यकर्ता भेटघाटमा सक्रिय भएर लागेका छन् । उनी एक्लै जिल्ला दौडाहामा निस्किएका छन् । त्यस्तै सुजाता कोइराला पनि दाङ, बाँके, बर्दिया, दैलेखलगायतका जिल्लाको भ्रमण गरिसकेकी छन् ।

 

LIVE TV