
काठमाडौं । सोलुखुम्बु, राम्सेका मिङ्मार र सोनाम शेर्पाको पासपार्टमा साउदीको भिसा लाग्दा पनि उनीहरुको वैदेशिक रोजगारी पूरा भएन ।
मागेजति रकम दिन अस्वीकार गरेपछि तीन साताअघि मेनपावरले भिसा लागिसकेको उनीहरुको पासपोर्ट फिर्ता गर्यो । रातोपुलस्थित केपी इन्टरनेसनल ओभरसिजले मागेको एक लाख २० हजार रुपैयाँ नदिँदा भिसा लागिसकेको पासपोर्ट फिर्ता गरेर आफूहरुलाई विदेश जानबाट रोकेको भन्दै मिङ्मार र सोनामले वैदेशिक रोजगार विभागमा उजुरी दिए ।
विभागका कर्मचारीले उक्त मेनपावरलाई न कुनै कारबाही गर्न सके न थप कारबाहीका लागि मुद्दालाई वैदेशिक रोजगार न्यायाधीकरण पठाए ।
वैदेशिक रोजगारीको क्रमकामा ठगीका घटना अत्यधिक हुन थालेपछि सरकारले वैदेशिक रोजगार न्यायाधीकरण गठन गरे पनि विभागले निकै थोरै उजुरीमात्र त्यहाँ पठाउने गरेको छ । वैदेशिक रोजगार एन २०६४ ले वैदेशिक रोजगारीमा हुने ठगीका घटनामा उजुरी लिनेदेखि अनुसन्धान गर्नेसम्मको अधिकार विभागलाई दिएको नागरिकमा खबर छ ।