२२ पुष २०७२, बुधबार

काठमाडौं । विद्युत महसुल निर्धारण आयोग र नेपाल विद्युत प्राधिकरणको मिलेमतोमा ‘व्यापारीको आग्रह बमोजिम’ चौबिसै घन्टा बिजुली लिएका ठूला ग्राहकलाई वाषिर्क चार अर्ब रुपैयाँ महशुल छुट दिने निर्णय भएको छ ।

bijuli

प्राधिकरणले उद्योग, होटल, प्रतिष्ठानलगायत ठूला ग्राहकलाई चौबीसै घन्टा बिजुली दिएबापत दोब्बर महशुल उठाउँदै आएको थियो ।

प्राधिकरण सञ्चालक समितिको सोमबार बसेको बैठकले यस्ता डेडिकेटेट फिडर लिएका ग्राहकबाट दोब्बर महशुल नलिने र लिएको महशुल फिर्ता गर्ने निर्णय गरेको अन्नपूर्ण पोस्टमा खबर छ ।

आयोगका अध्यक्ष जगत भुसालले डेडिकेटेट लाइनबाट थप महशुल असुल्ने प्राधिकरणको अधिकार नभएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV