२१ पुष २०७२, मंगलवार

संसारको जुनसुकै कुनामा बेचिएका तथा यौनजन्य हिंसामा परेका महिलाको उद्धारका लागि प्रहरीले ११७७ नंबरको हट लाईन स्थापना गरेको छ । तेस्रो मुलुकमा समेत महिला हिंसा र बेचविखनका घटनामा बृद्धि भएपछि उद्धारका लागि हट लाईनको स्थापना गरिएको हो । महानगरीय प्रहरी अपराध महाशाखाले ११७७ हटलाईनमा आएका उजुरी तथा गुनासोका आधारमा उनीहरुको उद्धार र दोषिमाथि कारवाहीको प्रक्रिया थालिने जनाएका छ । कानुनी तथा गैह्र कानुनी बाटोबाट विदेशीएका महिलाहरुको चरम श्रम तथा शारिरिक शेषण भइरहेको पाइएपछि त्यसलाई नियन्त्रण गर्न पहल थालेको एसएसपी सर्वेन्द्र खनालले बताउनुभयो ।

vlcsnap-2016-01-05-19h55m15s165
महिलाको बेचविखन गर्ने गिरोहसँग प्रशस्त पैसा र राजनीतिक साँठगाँठ रहेको पाइएकोले पीडित महिलाले उजुरी गरे अपराधीलाई नछाड्ने दृढता एसएसपी खनालले व्यक्त गर्नुभयो । अपराध महाशाखाले देशभरको सडक संजालसँग जोडिएको काठमाडौंको नयाँ बसपार्क र अन्तर्राष्ट्रय विमानस्थ महिला बेचविखनका मुख्य रुट भएको निष्कर्ष निकाल्दै त्यस क्षेत्रमा विशेष टोली परिचालन गर्ने भएको छ ।

vlcsnap-2016-01-05-19h48m31s197
अपराध महाशाखाले यौनजन्य क्रियाकलापका कारणले देशभरको सडक सञ्जाल जोड्ने केन्द्र नयाँ बसपार्क बद्नाम बनेको भन्दै यसको छवि परिवर्तनको अभियान समेत सुरु गरेको छ । अपराध महाशाखाले युवती देखाई ग्राहकलाई आकर्षित गर्ने होटल तथा लज, क्याविन डान्सबार विरुद्ध विशेष निगरानी गरेको छ । गोंगबु बसपार्कका व्यवसायी र नागरिक समाजले आफ्नो ठेगाना बताउँदा समेत लज्जित भएको महशुश हुने भन्दै उनीहरुले अब यो क्षेत्रलाई स्वच्छ र मर्यादित बनाउन प्रहरीलाई सहयोग गर्ने जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV