२१ पुष २०७२, मंगलवार

सन् २००८ र २००९मा सरकारको छात्रवृत्तिमा चीन गएका विद्यार्थीहरुको पढाइ अवधि नपुगेको भन्दै नेपाल मेडिकल काउन्सिलले चिकित्सक लाइसेन्स परीक्षा रोकिदिए पछि मेडिकल विद्यार्थीको बिचल्ली भएको छ । शिक्षा मन्त्रालयले मेडिकल काउन्सिलले सरकारको आदेश नमानेको र बिद्यार्थीको भविष्य माथि नै चलखेल गरेको भन्दै असन्तुष्टि जनाएको छ । काउन्सिलको दादागिरीले चीनमा पढेर आएका डाक्टरहरु निराशा छाएको छ । सरकारले छात्रवृत्तिमा चीन अध्ययन गर्न पठाएका विद्यार्थीलाई शिक्षा मन्त्रालयले उचित व्यवस्थापन गर्न खोज्दा पनि मेडिकल काउन्सिलको लापरबाहीको कारण अहिले ति बिद्यार्थीको भविष्य अन्योलमा परेको हो । शिक्षा मन्त्रालयले आह्वान गरेको खुला प्रतिष्पर्धामा छानिएर चीनको तोङ्जी विश्वविद्यालयमा पढ्न गएका विद्यार्थी अध्ययन सकेर आएको १७ महिनासम्म पनि नेपाल मेडिकल काउन्सिलको परीक्षामा सामेल हुन पाएका छैनन् । शिक्षा मन्त्रालयका प्रबक्ता डा हरि लम्सालले मेडिकल काउन्सिलले सरकारको आदेश मानेर विद्यार्थीको अहिलेको समस्या समाधान गर्नु पर्ने बताउनुभएको छ ।

nepalmedical
डाक्टर बन्नका लागि पाँच वर्ष ६ महिना पढेको हुनुपर्ने काउन्सिलको प्रावधान रहेको छ । चीन सरकारद्वारा सञ्चालित मेडिकल कलेजमा छात्रवृत्तिमा गएका विद्यार्थीले भने एक वर्ष चिनियाँ भाषा र ५ वर्ष एमबिबिएस पढ्नुपर्छ । यसरी पढेर आएका विद्यार्थीलाई यसअघि काउन्सिलले थप ६ महिनाको इन्टर्नसीपको व्यवस्था गरिदिएर लाइसेन्सिङ परीक्षामा सामेल हुन दिने गरेको थियो । छात्रवृत्तिमा चीन अध्ययन गरेर आएका विद्यार्थीको नेपालमै इन्टर्नसिप गर्ने ब्यबस्था मिलाउने हो भने सरकारको ठुलो धन राशि जोगिन्छ । तर चीनमा मेडिकल शिक्षामा विद्यार्थी पठाउदै आएका केहि नियमन निकायकै पदाधिकारीहरुको आर्थिक चलखेलले अप्ठेरो परेको अभिभावकको गुनासो छ ।
विद्यार्थी अध्यन गरेको मेडिकल कलेजले पढाई सकिएको भनेर नेपाल पठाएको छ । तर काउन्सिलले भने ६ महिना इन्र्टनसीप नपुगेको भन्दै लाइसेन्स परिक्षमा सामेल गराउदैन काउन्सिलको ‘नेशनल गाइडलाइन्स फर मेडिकल इन्टर्नसीप २००७’ मा स्पष्ट भनिएको छ, ‘नेपाल सरकारले कसैलाई इन्टर्नसीप नभएको संस्थामा एमबिबिएस वा सो सरहको कोर्षमा अध्ययनार्थ पठाउँछ भने इन्टर्नसीप गर्ने व्यवस्था पनि गर्नुपर्छ । मन्त्रिपरिषद् सामाजिक समितिको गत बर्षको माघ २ गते र चैत्र २६ गते बसेको बैठकले चीनमा अध्ययन गरेका विद्यार्थीहरुको इन्टर्नसीपको व्यवस्था नेपालमै मिलाउन काउन्सिललाई निर्देशन समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV