२१ पुष २०७२, मंगलवार

नेपालको संबिधान २०७२ घोषणा भएको एक सय दिन भन्दा बढी समय भैसकेको छ । संविधानका बारेमा जनतालाई बुझाउँन भन्दै शुरु गरेको एक महिना लामो संविधान साक्षरता अभियान समेत सोमवार सम्पन्न भएको छ । तर अझै पनि धेरै नागरिक संविधानले गरेका व्यबस्था र अधिकारका बारेमा त्यति जानकार हुन सकेका छैनन् । यस्तो अबस्थाबाट मुगु पनि अछुतो हुन सकेको छैन । संविधानको एक महिना लामो प्रचारात्मक कार्यक्रम प्रभावकारी बन्द नसक्दा सर्वसाधारण नागरिकको संविधानप्रतिको जिज्ञासा पूर्ण रुपमा मेटिन नसकेको हो ।

vlcsnap-2016-01-05-19h21m01s106
नेपालको संबिधान २०७२ घोषणा भएको एक सय दिन भन्दा बढी समय भैसकेको छ । संविधानप्रति असन्तुष्टि जनाउँदै शुरु गरिएको तराई मधेश आन्दोलन र भारतले लगाएको नाकाबन्दीको पनि सय दिन पूरा भैसकेको छ । सत्तासीन दलका नेता तथा कार्यकर्ताहरु भने यो संविधान विश्वकै दुर्लभ र उत्कृष्ट संविधान भएको दाबी गरेर थाकेका छैनन् । तर अधिकांश आम नागरिकले भने नयाँ संविधानमा के छन् भनेर अझै चित्त बुझ्दो जवाफ पाउँन सकेका छैनन् । दुर दराज गाँउ बस्तीका सर्वसाधारणहरुले संविधान आएको खबर सुने पनि संबिधानभित्र के के विषय समेटिएका छन् भन्नेबारे त्यति थाहा नभएको मुगु जिल्लाको धौननकोट गाँउ बिकास समिति बडा नम्बर ८ हितबाडाका रत्नपति टमटाले बताए ।
त्यसो त सरमुकाम गमगढीमा जिल्ला बिकास समिति मुगुले आयोजना गरेको नेपालको संबिधान जनाताको संबिधान जनताको संबिधान जनताकै माझमा राष्ट्रिय प्रचार प्रचार अभियान कार्याक्रम संन्चालन गरिएको थियो । तर विना प्रचार प्रचार आयोजना गरिएको कार्यक्रममा सहभागी हुनेहरुको संख्या भने निकै न्यून रहेको थियो । संबिधानको बारेमा आयोजना गरिएको प्रचार कार्यक्रममा जिल्लामा रहेका सरकारी कार्यालयका प्रमुख जिल्लास्तरीय राजनैतिक दलहरुका प्रमुखहरुको उपस्थिति समेत कम देखिएको थियाृे । कतिपयले संबिधान जनता माझ पु–याउनने कार्यक्रम झारो टार्ने खालको मात्र भएको बताएका छन् । यसलाई प्रभावकारी रुपमा लैजना आवश्यक भएको र्पूव शिक्षा राज्यमन्त्री हस्तबहादुर मल्लले बताउँनुभयो ।
नयाँ संबिधानबारे संबिधान सभाका सदस्य तथा मुगु जिल्लाका संसद मोहन बानियाँले नेपालको संबिधान अन्य देशको संविधान भन्दा उत्कृष्ट भएको दाबी गर्नुभयो । त्यसैले यसका बारेमा जनता माझमा सबै जानकारी गराउन आवश्यक भएको स्वयम् नागरिकहरुको माग छ ।

LIVE TV