
पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले नेपाली कांग्रेस इतिहासकै कठिन अवस्थावाट गुज्रिरहेको बताउनुभएको छ । उहाँले आशन्न कांग्रेस महाधिवेसनवाट सशक्त नेतृत्व आउने विश्वास पनि व्यक्त गर्नुभयो ।
राष्ट्रिय दलित सदनद्धारा काठमाण्डौंमा आयोजित कार्यक्रममा धारणा राख्दै नेता देउवाले मुलुकको अवस्था र आमजनताको चाहनालाई नेपाली कांग्रेसको वर्तमान नेतृत्वले सम्वोधन गर्न नसकेको बताउनुभयो । पार्टी सभापतिले सवैलाई मिलाएर लैजान नसकेको देउवाको आरोप थियो । उहाँले महाधिवेसनवाट सवल नेतृत्व आउने विश्वास गर्नुभयो । कार्यक्रममा धारणा राख्ने अन्य वक्ताहरुले नेपाली कांग्रेसले सवै वर्ग, समुदाय र तह तप्काका व्यक्तिहरुलाई व्यावहारिक किसिमले सम्वोधन गर्न अव ढिलो गर्न नहुने माग गरेका थिए ।