२१ पुष २०७२, मंगलवार

राष्ट्रिय सूचना आयोगले नेपालको संविधानको मौलिक हकको रुपमा रहेको जनताले सुसूचित हुन पाउनुपर्ने सूचनाको हक कायान्वयन गर्न गराउन नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकृतहरुलाई निर्देशन दिएको छ ।

vlcsnap-2016-01-05-18h49m46s38
आयोगले मंगलवार राजधानीमा नेपाल सरकारका सचिव एवंम विशिष्ट श्रेणीका अधिकृतहरुसँग अन्तक्रिया गरि सूचनाको हक कार्यान्वयन गर्न गराउन निर्देशन गरेको हो । सूचना पाउने सवै नागरिकका मौलिक अधिकार भएको र कुनै पनि सूचना दिँदा कञ्जुस्याई नगर्न आयोगका प्रमुख आयुक्त कृष्णहरि वास्कोटाले आग्रह गर्नुभयो । देशको अखण्डता,सार्वभौमसत्ता, गोपनियतामा आँच आउने खालका सूचना दिन नमिल्ने भए सूचना माग्नेलाई चित्तवुझ्दो कारण दिनुपर्ने उहाँले स्पष्ट पार्नुभयो । साथै आयोगले प्रत्येक मन्त्रालय, विभाग, कार्यालयमा सूचना अधिकारी तोकी सोको जानकारी सवैलाई देख्ने गरिराख्न निर्देशन दिएको छ । आयोगले दुई दिन पहिले मात्रै विर्वाचन आयोगमा दर्ता भएका सवै राजनीतिक दलहरुलाई सूचनाको हक कार्यान्वयन गर्न निर्देशन दिएको थियो ।

LIVE TV