२१ पुष २०७२, मंगलवार

vlcsnap-2016-01-05-18h40m29s106

सरकारले मधेसको माग सुनुवाई नगरेको भन्दै विराटनगरमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मंगलबार भैसी जुलुस निकालेको छ ।
प्रमुख राजनैतिक दलहरुले मधेसको माग सम्बोधन नगरेको विरोधको संकेत स्वरुप भैसी जुलुस निकाल्नु परेको जुलुसमा सहभागीहरुले बताएका छन् । सरकारलाई दवाव स्वरुप स्थानीय रोडशेष चोकबाट शुरु भएको भैसी जुलुसले विराटनगरको महेन्द्र चोक ट्रफिक चोक हुदै पुनः रोडशेष चोक पुगेर कोणसभामा परिणत भएको थियो ।

LIVE TV