२१ पुष २०७२, मंगलवार

पर्यटन मन्त्रि आनन्द प्रसाद पोखरेलले चलचित्र सम्बन्धि एक कार्यक्रममा दोलखाको डाङ्डुङे डाँडामै फिल्मसिटि बन्ने ठोकुवा गरेका छन् । प्रधान मन्त्रि के.पि. शर्मा ओलीले गोरखाको पालुङटारमा स्मार्ट सिटि बनाउने का साथै फिल्म सिटि पनि त्यहि निर्माण गर्ने घोषणा गरेका थिए । ओलिको अभिव्यक्ति आउको दुई साता नबित्दै ओलि सरकारकै पर्यटन मन्त्रि आनन्द प्रसाद पोखरेलले फिल्मसिटि दोलखामा बन्ने घोषणा गरेका छन् । प्रधानमन्त्रिले कुन प्रसंगमा त्यसो भन्नु भयो मलाई थाहा भएन, तर दोलखामै फिल्मसिटि बन्नेमा प्रतिबद्धता जनाएका थिए । फिल्मसिटिका लागी आवश्यक पर्ने सडक,,बिजुली, खानेपानी, आदकिो काम सुरु भईसकेको पनि बताएका छन्् ।
दोलखामा फिल्मसिटि निर्माण भएपछि पर्यटकमा समेत वृद्धि हुने पर्यछन मन्त्रि पोखरेलले बताएका छन् । विकास निर्माणको सवालमा दोलखाको सबै राजनीतिक दल एक हुन्े भन्दै भने “फिल्मसिटि नबन्लाकी भनेर शंका नगर्नु होला तर वाचडगको भुमिका भने जारि राख्नुहोस” । फिल्मसिटिका अभियान्ता मदनदास श्रेष्ठले पछिल्लो समय केही कलाकारहरुनै फिल्मसिटिका विरुद्धमा लागेका बताए । दोलखामा फिल्मसिटि बनेन भने अर्को २० वर्ष नेपालमा फिल्मसिटि बन्दैन त्यसकारण जसरी पनि बनाउनै पर्छ भनेका छन् ।चलचित्र क्षेत्रमा रहेका केही व्यक्तिहरु नकारात्मक सोचको भएकाले निर्माण काम ठप्प भएको धारणा पनि राख्दै फिल्मसिटि केवल दोलखालीको मात्रै नभएर आम चलचित्रकर्मी सबैका लागी हुने पनि बताएका छन् । प्रथम नायिका भुवन चन्दले फिल्मसिटि निर्माण चलचित्रकर्मिका लागि अतिआवश्यक भएको धारणा राखिन् । त्यस्तै अर्की नायिका लक्ष्मि गीरीले पनि सुर भईसकेको कामलाई नविथोल्न आग्रह गरेकी छिन् ।त्यस्तै चलचित्र बिकास बोर्डका अध्यक्ष राजकुमार राइले पनि अनौपचारीक सन्दर्भमा दोलखामा नै फिल्मसिटि निर्माण तय भएको बताएका छन् । सरकारले यसअघि दोलखाको डाङ्डुङे डाँडामा नै फिल्मसिटि बनाउनका लागी दै्ुई करोड रुपैया विनियोजन गरसिकेको पनि छ ।

 

filmcity-in (1)

LIVE TV