२१ पुष २०७२, मंगलवार

संयुक्त मधेसी मोर्चाको बैठक आज बस्दैछ । बैठकमा प्रमुख तीन दलले प्रस्ताव गरेको साझा कार्यदल बनाउने विषयमा छलफल हुनेछ ।
तीन दलका तर्फबाट बनाएको कार्यदलमा सदस्य पठाएर थप छलफल गर्ने वा नगर्ने भन्नेमा बैठकले निर्णय गर्ने संघिय समाजवादीका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

madheshi
बैठकमा सरकार तर्फबाट आएको प्रस्ताव, संविधान संसोधन प्रक्रिया र नयाँ चरणको आन्दोलनका विषयमा छलफल हुने उनले बताए ।
बैठक मोर्चाको कार्यालय विजुली बजारमा बिहान १० बजेपछि बस्ने तयारी छ । यसअघि हिजो बसेको बैठकले यस बिषयमा निर्णय नै गर्न नसकेपछि सकिएको थियो ।

 

LIVE TV