२१ पुष २०७२, मंगलवार

नेपालमै नमूना आयोजनाको रुपमा निर्माण गर्न लागिएको उत्तरगंगा जलासययुक्त जलविद्युत निर्माणका लागि कानुनी झन्झट हटेको छ । सर्वेक्षण अनुमतिसँगै विभिन्न चरणमा लिनुपर्ने कानुनी प्रक्रियाको काम सकिएपछि आयोजना निर्माणका लागि कानुनी झन्झन हटेको हो । जलविद्युत आयोजना निर्माणका लागि आवश्यक सबै कानुनी प्रक्रियाहरु पुरा भएपछि तीन सय मेघावाट क्षमताको उक्त जलविद्युत आयोजना निर्माणले गति लिन सुरु गरेको आयोजनाले जनाएको छ । सरकारले महत्वाकांक्षी योजनाको रुपमा लिएको जलविद्युत आयोजना निर्माण स्थल ढोरपाटन शिकार आरक्ष क्षेत्र आसपास पर्ने भएकाले सर्वेक्षण अनुमति पाएपनि बन मन्त्रालयको सिफारिसमा निर्माण कार्य रोकिएको थियो ‘

LIVE TV