२१ पुष २०७२, मंगलवार

राजविराज – सप्तरीमा सोमबार राति प्रहरी सहायकनिरीक्षक रमेश सुब्बाको हत्या भएको छ । सीमा प्रहरीचौकी झुटकीका असई सुब्बा सोमबार बिहानमात्र राजविराजस्थित जिल्ला प्रहरी कार्यालयमा स्थानान्तरण गरिएका थिए ।

murder

जिल्ला प्रहरी कार्यालयका अनुसार उनी गाउँलेसँग विदा भई मंगलबार सदरमुकाम राजबिराज आउने तयारीमा थिए । सादा पोसाकमा रहेका सुब्बालाई मोटरसाइकलमा आएका दुईजना हतियारधारीले नर्घो गाविसको झौहराचोकमा गाली प्रहार गरेर फरार भएको प्रहरीउपरीक्षक भीमप्रसाद ढकालले बताए, आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

 

LIVE TV