
काठमाडौं – होस् गर्नुस्, सामाजिक सञ्जालमा अपरिचित व्यक्तिलाई साथी बनाउँदा तपाईंलाई उसले फसाउन सक्छ ।
पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्विटर, भाइबर र गुगलजस्ता सञ्जालमा साथी बनेर पैसा लुट्ने र साथीकै बद्नाम गर्ने घटना बढेका छन् । पछिल्लो समय महानगरीय अपराध महाशाखाले गरेको सर्वेक्षणअनुसार युवावर्ग बढी संख्यामा साइबर अपराधमा लागेको पाइएको छ । तीमध्ये १५ देखि १९ वर्ष उमेरसमूहका युवायुवती साइबर अपराधमा बढी संलग्न हुने गरेको देखिएको हो ।
महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले मानिसले अनावश्यक रुपमा नचाहिने कुरा सामाजिक सञ्जालमा पोस्ट गरेका कारण साइबर अपराध बढेको बताए । आजको नागरिक दैनिकमा खबर छ ।